जग्गा ठगी आरोपमा वडा अध्यक्ष र नायब सुब्बासहित तीन जना थुनामा

काठमाडाैं | बैशाख २४, २०७९

जग्गा ठगी आरोपमा वडा अध्यक्ष र नायब सुब्बासहित तीन जना थुनामा

सङ्खुवासभा: भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई विहीबार पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो ।

 

स्थानीय ६२ बर्षीया बिममाया तामाङको जग्गा जालसाजी गरि वडा अध्यक्ष भोटे, नासु पराजुली र स्थानीय तामाङले उनीहरुका नाममा पास गरेपछि बिममाया तामाङले उजुरी दिनुभएको थियो । तामाङको उजुरीको आधारमा ७ जनालाई प्रहरी पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।

 

पक्राउ परेका अनिस गुरुङ, निमा लाजुङ भोटे र कल्पना शेर्पा जनहि दुई लाख पचास हजार रुपियाँ धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, पासाङ शेर्पालाई एक लाख रुपैयाँ रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतले तोके बमोजिमको धरौटी रकम जम्मा गरेपछि तारेखमा छोडिसकिएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

 

अध्यक्ष भोटेले बिममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याएर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । उक्त नागरिकताको प्रतिलिपी प्रयोग गरेर मालपोत कार्यालयबाट बिममायाको जग्गा पास गरिएको थियो । बिममायाको आमा बुवाको मृत्युपछि एकल हकदार रहेको बिममायाको नाममा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा उनीहरुले आफ्नो नाममा पास गरेका थिए । उक्त दिन नासु पराजुली मालपोत कार्यालयको कार्यबाहक प्रमुख थिए ।

 

उक्त जग्गा अप्पर अरुण जलविद्युत आयोजना निर्माण स्थलमा पर्छ । आयोजनाबाट जग्गाले मुआब्जा पाउने भएपछि जनप्रतिनिधी, कर्मचारी र आफन्त पर्ने तामाङको मिलेमतो गरि ठगि गरेका हुन् । उक्त जग्गा ‘गिरोह’हरुको नाममा गईसकेपछि मात्र बिममायाले थाहा पाएपछि प्रहरीमा उजुरी दिनुभएको थियो ।

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्